Nepal Times
Nepal Times
3
Shares

आज एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुने

आज एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुने

१९ साउन, काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुने भएको छ । दुई नेताबीच भेटवार्ता हुने तयारी भएको भए पनि समय र स्थानबारे टुङ्गो लागिसकेको छैन ।

विघटित कार्यदलका सदस्यहरुको नियमित अनौपचारिक संवाद र हलका कारण दुई नेता भेटवार्ताका लागि तयार भएको स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले बताए । नेता नेम्वाङले भने, “मंगलबार दुई नेताबीच भेटवार्ता हुने करिब पक्का भएको छ, तर समय ने स्थान तय हुन बाँकी छ ।” साँझसम्म अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुने उनले जानकारी दिए ।

सोमबार बसेको नेता नेपाल पक्षको स्थायी कमिटी बैठकले पनि पार्टी एकतामै जोड दिंदै वार्ताका लागि तयार हुन नेता नेपाललाई सुझाएको थियो । दुवै पक्षका विघटित कार्यदलका सदस्यहरुको जोडबल र सक्रियताले दुई नेताहरु बैठक बस्न राजी भएको बताइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.