Nepal Times
Nepal Times
3
Shares

आज थपिए ११२ कोरोना संक्रमित, ५४ जना डिस्चार्ज

आज थपिए ११२ कोरोना संक्रमित, ५४ जना डिस्चार्ज

१४ फागुन, विराटनगर । नेपालमा आज मात्र ११२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७३ हजार ९८४ पुग्दा, तीमध्ये संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार २७७ पुगेको छ ।

कोरोना संक्रमणबाट आज ४ जनाको मृत्यु भएको छ । योसंगै अहिलेसम्म मृत्यु हुनेको संख्या २७७१ पुगेको छ ।

देशभर आज सक्रिय संक्रमित ९३६ छ भने क्वारेन्टिनमा जम्मा ७१ जना मात्र छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.