Nepal Times
Nepal Times
3
Shares

आज थप ३०३ जनामा संक्रमण पुष्टि, २८५ जना डिस्चार्ज

आज थप ३०३ जनामा संक्रमण पुष्टि, २८५ जना डिस्चार्ज

१३ माघ, काठमाडौं । नेपालमा आज थप ३०३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २८५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७० हजार ९२ पुग्दा, तीमध्ये संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ६४ हजार ८ सय २३ पुगेको छ ।

कोरोना संक्रमणबाट आजै थप ६ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या २०१७ रहेको छ ।

देशभर आज सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ५२ पुगेको छ भने क्वारेन्टिनमा १२२ जना छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.