×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आज नेपालले श्रीलंका डेभ्लेपमेन्टसँग खेल्दै, कसले मार्ला बाजी ?

१८ भाद्र २०८१

१८ भदौ, विराटनगर । 

आइसिसी एक दिवसीय विश्वकप लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको अन्तिम तयारीका लागि श्रीलंका पुगेको नेपाली टोलीले आज अभ्यास खेल खेल्दै छ ।

आइतबार श्रीलंका पुगेको नेपाली क्रिकेट टोलीले अहिले केही बेरपछि  श्रीलंका डेभ्लेपमेन्टसँग अभ्यास खेल खेल्न लागेको हो । नेपाल र श्रीलंका डेभ्लपमेन्टबीचको खेल बिहान १०ः१५ बजेबाट सुरु हुने छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले लिग–२ को अन्तिम तयारी श्रीलंकामा गर्न लागेको छ । सोमबारबाटै अभ्यास थालेको नेपाली टोलीले भदौ २३ गतेसम्म अभ्यास गर्ने छ ।

यसअघि नेपाली टोलीले भारतको बेङ्लोर नेसनल क्रिकेट एकेडेमी (एनसिएमा) मा दुई साता प्रशिक्षण र तयारी गरेको थियो । अभ्यासकै सिलसिलामा नेपालले श्रीलंका डेभलपमेन्ट टोलीसँग आज, बिहीबार र शनिबार एक दिवसीय अभ्यास खेल पनि खेल्नेछ ।

श्रीलंका भ्रमणका लागि क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १९ सदस्यीय खेलाडी टोलीको घोषणा पनि गरेको छ ।

टोलीमा राेहितसँगै आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलसन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने छन् ।

श्रीलंकाको अभ्यास पनि नेपालले क्यानडामा हुने विश्वकप लिग–२ का लागि अन्तिम टोलीको घोषणा गर्ने छ ।

नेपालले क्यानडामा दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो । पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो । सिरिजमा प्रत्येक टोलीसँग समान दुई खेल्ने प्रावधान रहेको छ ।

नेपालले पहिलो राउन्डमा एक खेल मात्र जितेको छ । नेपालमा भएको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्सलाई एक खेलमा पराजित गरेको थियो ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top