Nepal Times
Nepal Times
3
Shares

इंग्लिस प्रिमियर क्लबका खेलाडीहरुको प्रशिक्षण सानो समूहमा सुरु, खेलाडीबिच सम्पर्क गर्न नपाइने

इंग्लिस प्रिमियर क्लबका खेलाडीहरुको प्रशिक्षण सानो समूहमा सुरु, खेलाडीबिच सम्पर्क गर्न नपाइने

६ जेष्ठ, एजेन्सी । इंग्लिस प्रिमियर क्लबहरुले खेलाडीहरुको प्रशिक्षण सानो समूहमा थाल्ने भएका छन् ।

समूहमा रहने खेलाडीबिच सम्पर्क गर्न भने पाईने छैन । सामाजिक दूरी कायम गरी पाँच खेलाडीसम्मको समूह बनाएर प्रशिक्षण सुरु गर्ने पक्षमा क्लबहरु सहमत भएका हुन् ।

अहिलेसम्म व्यक्तिगत रुपमा प्रशिक्षण गर्दै आएका खेलाडीहरुले आजदेखि सानो समूहमा प्रशिक्षण थाल्नेछन् ।

कोरोना भाइरसको महामारीका कारण गत मार्च १३ देखि रोकिएको प्रिमियर लिगका बाँकी खेलहरु पूरा गर्ने अभियान ‘प्रोजेक्ट रिस्टार्ट’ अन्तर्गत विभिन्न चरणका कार्यक्रम तय गरिएको छ ।

खेलाडी तथा क्लबहरुको निरीक्षणका लागि जिपिएस ट्रयाकिङ्ग, भिडियो एनालिसिससहितका विधि प्रयोग गरिंदैछ ।

हिजो प्रिमियर लिगका सबै २० क्लबहरुको सहभागितामा भएको बैठकमा विभिन्न सहमति जुटेको छ ।

प्रिमियर लिगका बाँकी ९२ खेलहरु आउँदो जुन १२ देखि सुरु गर्ने तयारी भएपनि यो मिति केही पर धकेलिने देखिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.