Nepal Times
Nepal Times
3
Shares

इंग्लिस प्रिमियर लिगः म्यानचेस्टर सिटी साउथह्याम्टनसँग पराजित

इंग्लिस प्रिमियर लिगः म्यानचेस्टर सिटी साउथह्याम्टनसँग पराजित

२२ असार, एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी साउथह्याम्टनसँग १-० ले पराजित भएको छ । गएराति भएको खेलमा सिटीलाई हराउन साउथह्याम्टनका लागि चे एडम्सले गरेको एक गोल नै निर्णायक बन्यो ।

सिटीका केही मुुख्य खेलाडी चोटका कारण मैदानमा उत्रिएका थिएनन् । जसका कारण सिटीले पछिल्ला पाँच खेलमा दोस्रो हार ब्यहोर्नुपर्यो ।

खेलको १६ औं मिनेटमा नै साउथह्याम्टनका एडम्सले ४० यार्ड टाढाबाट गरेको प्रहार सोझै गोलमा परिणत भयो ।

तर त्यसपछि सिटीले बारम्बार गोलका लागि दबाव दिदापनि सफल भएन । जसका कारण एडम्सको एकमात्र गोल साउथह्याम्टनका लागि जित्न पर्याप्त बन्यो । यो जितले साउथह्याम्टनको ४३ अंक भएको छ भने सिटीको ६६ अंक छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.