Nepal Times
Nepal Times
3
Shares

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी

२७ बैशाख, काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

युनाइटेडले १० खेलाडीमा सीमित एस्टन भिल्लालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको ८९ औं मिनेटमा ओली वाट्कीन्सले दोहोरो पँहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि एस्टन १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै दोस्रो स्थानमा रहेको युनाइटेडले ३४ खेलमा ७० अंक जोडेको छ । एस्टन भिल्ला ४८ अंक जोडेर तालिकाको ११ औं स्थानमा छ ।

प्रिमियर लिग अन्तर्गतकै गएराति भएको खेलमा उल्भ्सले ब्राइटनलाई २–१ ले हराएको छ भने आर्सनलले वेष्ट ब्रुमलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । यस्तै, वेष्ट ह्याम एभर्टनसँग १–० गोल अन्तरले पराजित भएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.