Nepal Times
Nepal Times
3
Shares

इन्डोनेशियाको माउन्ट सेमेरुमा भएको ज्वालामुखी विस्फोट

इन्डोनेशियाको माउन्ट सेमेरुमा भएको ज्वालामुखी विस्फोट

४ माघ, एजेन्सी । इन्डोनेशियामा ज्वालामुखी विस्फोट भएको छ । माउन्ट सेमेरुमा भएको ज्वालामुखी विस्फोटबाट निस्किएको धुवाँ तथा खरानी साढे पाँच किलोमिटर भन्दा धेरै परसम्म पुगेको बीबीसीले जनाएको छ ।

स्थानीय समय अनुसार शनिबार बेलुका पाँच बजेर २४ मिनेटमा भएको विस्फोटपछि त्यहाँको आकासमा खरानी र धुवाँ फैलिएको छ ।

ज्वालामुखीबाट कोही घाइते भएको वा ज्यान गएको जानकारी आइनसकेको भएपनि इन्डोनेशिया सरकारले ज्वालामुखी विस्फोट भएको आसपासको पहाडी क्षेत्रमा बसेका मानिसलाई सचेतता अपनाउन आह्वान गरेको खबरमा उल्लेख छ ।

यस अघि शुक्रबार इन्डोनेशियाको सुलावेसी प्रान्तमा गएको भूकम्पका कारण ४२ जनाको ज्यान गएको थियो । अझै पनि खोजी कार्य भइरहेको छ । भूकम्पबाट सयौं घाइते र हजारौं विस्थापित भएका बीबीसीले जनाएको छ । अघिल्लो हप्ता ६२ जना बोकेको इन्डोनेसियाको एउटा विमान दुर्घटनामा परेको छ । दुर्घटनामा कसैको पनि जीवित उद्धार भएन ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.