Nepal Times
Nepal Times
3
Shares

इरान चुनाव : राष्ट्रपतिमा रइसी निर्वाचित भएपछि इजरायलको चिन्ता

इरान चुनाव : राष्ट्रपतिमा रइसी निर्वाचित भएपछि इजरायलको चिन्ता

६ असार, एजेन्सी ।

इरानको नयाँ राष्ट्रपतिमा इब्राहिम रइसी निर्वाचित भएपछि इजरायलले चिन्ता व्यक्त गरेको छ । रइसी अहिलेसम्मकै कट्टर राष्ट्रपति रहेको र उहाँले इरानको परमाणु गतिविधिमा बढावा दिने भन्दै इजरायलले चिन्ता व्यक्त गरेको बीबीसीले जनाएको छ ।

इजरायलको विदेश मन्त्रालयका प्रवक्ता लिओर हायतले अन्तर्राष्ट्रिय समुदायले रइसीलाई निर्वाचित गरेको इरानको चुनावप्रति चासो व्यक्त गर्नुपर्ने पनि बताएका छन् । ६२ प्रतिशत मत ल्याएर राष्ट्रपति पदमा निर्वाचित रइसीले आउँदो अगस्ट महिनामा पदको शपथ लिने छन् ।

इरानका मुख्य न्यायाधीश रहेका रइसीमाथि राजनीतिक बन्दीहरूलाई मृत्युदण्ड दिएको आरोप छ । रइसीलाई अमेरिकाले यसअघि नै प्रतिबन्ध लगाएको छ ।

जितपछि रइसीले क्रान्तिकारी तथा भ्रष्टाचार विरोधी सरकार गठन गर्ने बताएकोे बीबीसीले जनाएको छ । इजरायललगायतले इरानले परमाणु कार्यक्रमलाई बढावा दिने चिन्ता व्यक्त गरे पनि इरानले आफ्नो परमाणु कार्यक्रम पूर्णरूपमा शान्तिपूर्ण रहेको दाबी गर्दै आएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.