Nepal Times
Nepal Times
3
Shares

उर्जामन्त्री भन्छन्–नेतृत्व निरङ्कुश भए

उर्जामन्त्री भन्छन्–नेतृत्व निरङ्कुश भए

१ वैशाख, काठमाडौं । उर्जा जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले देशमा व्यवस्था परिवर्तन भए अनुसार राजनीतिक नेतृत्वको चिन्तन, कार्यशैली र संस्कार परिवर्तन हुन नसकेको टिप्पणी गरेका छन् ।

अखिल (छैठौं)ले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले व्यवस्था परिवर्तन भएपनि राजनीतिक नेतृत्वहरुमा निरङ्कुस व्यवस्थाको चिन्तन, प्रवृति, संस्कार र संस्कृतिहरु कायमै रहेको बताएका हुन् । त्यसको विरुद्धमा अझै लडनुपर्ने आवश्यकता रहेको पनि बताए । एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा आइसकेपछि विकास र समृद्धिमा सफलता हासिल गर्नुपर्नेमा त्यसो हुन नसकेको बताए । परिवर्तित समाजमा माक्र्सवाद, लेनिनवाद र माओवादका दर्शन विचारहरु महत्वपूर्ण भएपनि आर्थिक, राजनीतिक, समाजिक, सञ्चार, विज्ञान र प्रविधिको विकास भएको आधारमा विचारलाई परिवर्तन गर्न नसक्दासम्म रुपान्तरण हुन गाह्रो हुने पनि बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.