Nepal Times
Nepal Times
3
Shares

एउटै गाउँबाट पाँच करोडको सुन्तला विक्री

एउटै गाउँबाट पाँच करोडको सुन्तला विक्री

सल्यान : वागचौर नगरपालिका कोटमौला गाउँ अहिले सुन्तला पाकेर पहेँलपुर देखिन्छ । थोरै लगानीको सजिलो खेती र राम्रो आम्दानी हुने भएकोले धेरैले सुन्तला खेती गरेका छन् ।

राजनीतिकर्मी र सरकारी जागिरेसहित अन्य पेशा–व्यवसायमा संलग्नहरुको पनि अचेल सुन्तला खेतीमा आकर्षण बढेको छ । यहाँका सवै घरमा आगन र वारीमा सुन्तला खेती फस्टाएको छ । सुन्तला खेतिबाट मनग्य आम्दानी हुने भएपछि सुन्तला खेतीतर्फ आकर्षण बढेको हो ।

दुई कार्यकाल नेकपा एमाले सल्यान अध्यक्ष जिम्मेवारी पुरा गरिसकेका लोकवहादुर डाँगी केपी ओली नेतृत्वको नेकपाका केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँले राजनीतिसंगै सुन्तला खेती पनि गर्नुभएको छ । १६ रोपनीमा व्यावसायिक सुन्तला खेतीसँगै नर्सरी सञ्चालन गर्नुभएको छ ।

भरतनाथ योगी पेसाले स्वास्थ्यकर्मी हुनुहुन्छ । तर सुन्तला खेती उहाँको प्राथमिकता हो । कोटमौला गाउँमा २०३८ सालमा रहरले दुई–चार बोट लगाएका योगीले हाल ४४ रोपनीमा व्यवसायिक सुन्तला खेती गर्नुभएको छ ।

सुन्तला किसान भरतनाथ योगी सल्यानका बागचौर, छत्रेश्वरी, शारदा, सिद्धकुमाख, कपुरकोट लगायतका स्थान सुन्तलाका पकेट रहेको बताउनु हुन्छ । उहाँका अनुसार जिल्लामा झण्डै एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुन्छ । सुन्तला खेतिलाई प्रवद्धृन गर्न कृषि विकास कार्यालय सल्यानले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

कृषि बिकास कार्यालय सल्यान प्रमुख महेश आचार्य सल्यानका अधिकांश स्थान सुन्तला खेतीका लागि उपयुक्त मानिन्छ ।, याे समाचार गाेरखापत्र दैनिकमा प्रतीक इच्छुक शर्माले लेखेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.