Nepal Times
Nepal Times
3
Shares

एक वर्षमा साढे १२०० बाकस, कोही अस्तुमा मात्र आउन सके

एक वर्षमा साढे १२०० बाकस, कोही अस्तुमा मात्र आउन सके

७ असोज, काठमाडौं ।

वर्षैपिच्छे एक हजारभन्दा बढी नेपाली श्रमिक र उनीहरुका परिवार यस्तै वियोगान्त भोगिरहेका छन् । आर्थिक वर्ष २०७७÷०७८ मा मात्रै २९ महिलासहित १२ सय ४२ श्रमिकले विदेशमा मृत्युवरण गर्नुप¥यो ।

वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक राजन श्रेष्ठ गत वर्ष मृत्यु भएकाहरुको शव कोरोना महामारीका कारण ल्याउन नसकेर परिवारको सहमतिमा विदशेमै दाहसंस्कार गरिएको बताउँछन् । उनीहरु सबैको अस्तु ल्याएर परिवारलाई दिएको उनले बताए ।

सचिवालयको तथ्यांकअनुसार, गत वर्ष विदेशमा विभिन्न रोगका कारण ४२७ जना नेपाली श्रमिकको मृत्यु भयो । यीमध्ये २५६ जनाको मृत्यु स्वभाविक खालको थिएन ।

गत वर्ष १४० जना श्रमिकले आत्महत्या गरेको वैदेशिक रोजगार बोर्ड सचिवालयको तथ्यांकले देखाउँछ । परिवारसँगको किचलो, कार्यस्थलमा हुने शारीरिक–मानसिक दबाब, आर्थिक शोषण, विभिन्न कारणले हुने डिप्रेसन, ऋणलगायतका पीरले श्रमिकहरु विदेशमै आत्महत्या गरेको देखिन्छ ।

त्यस्तै, चालकहरुसहित ११९ जना सडक दुर्घटनामा परेर बितेका छन् । कार्यस्थलमा आउँदा–जाँदा, किनमेल गर्न र छुट्टी मनाउन निस्कँदा सडकमा ट्राफिक नियमको जानकारी नहुँदाको सावधानीले दुर्घटनामा परेर ज्यान गइरहेको छ ।

विदेशमा नेपाली श्रमिकहरुले ज्यान गुमाउने अर्को ठूलो कारण बनेको छ– कार्डिक अरेष्ट अर्थात् एक्कासी हुने हृदयघात । यीमध्ये धेरैजसोले निदाएको बेला ज्यान गुमाएका छन् । प्रतिकूल आहार–बिहा, लगातार लामो सयम काम, धुम्रपान–मद्यपान तथा चर्को गर्मीमा कडा श्रम गरेर फर्किएर एसी लगाएर सुत्ने लगायत कारण कार्डिक अरेष्ट हुने गरेको छ ।

गत वर्ष कार्यस्थलमा भएको दुर्घटनामा पनि २६ जनाले ज्यान गुमाए । मेसिन चलाउन दक्षता नपुग्ने, कम्पनीले आवश्यक तालिम र सुरक्षा साधन पनि नदिने, जोखिमयुक्त काममा पर्याप्त सावधानी नअपनाउने आदी कारणले कार्यस्थलमै श्रमिकहरुले ज्यान गुमाइरहेका छन् ।

गत आर्थिक वर्षमा ५ जना श्रमिकको मत्युको कारण नै खुलेन भने २ जनाको हत्या भएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.