Nepal Times
Nepal Times
3
Shares

एनएसएल आजबाट, भ्याली डर्बी क्लब भिड्दै

एनएसएल आजबाट, भ्याली डर्बी क्लब भिड्दै

११ बैशाख, काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) आजबाट सुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी प्रतिस्पर्धा हुनेछ । खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

आज दुबै टिम जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्न चाहन्छ । त्यसैले दुई भ्याली डर्बी क्लबबीचको भिडन्त रोमान्चक हुने अनुमान गरिएको छ ।

प्रतियोगितामा नेपालको सात फ्रेन्चाइज टिम सहभागी हुनेछन् । विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चिवतन, पोखरा थण्डर्स, बुटबल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

विजेताले नगद ३५ लाख रुपैयाँ पुरस्कार पाउने छन् भने उपविजेता टोलीले भने १५ लाख रुपैयाँ ।

एनएलएलका हरेक विधा उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्डर, फरवार्ड र उदियमान खेलाडीले समान १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, हरेक खेलको उत्कृष्ट युवा खेलाडीले १० हजार र हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार पाउने छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.