Nepal Times
Nepal Times
3
Shares

एनसीसीएस सिप्यान क्रिकेट अवार्डबाट ५ क्रिकेटर सम्मानित हुने

एनसीसीएस सिप्यान क्रिकेट अवार्डबाट ५ क्रिकेटर सम्मानित हुने

११ फागुन, काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले ‘एनसीसीएस सिप्यान’ क्रिकेट अवार्डबाट विभिन्न पाँच विधाहरुमा खेलाडीहरुलाई सम्मान गर्ने भएको छ ।

आगामी चैत २१ गते वर्ष क्रिकेट खेलाडी (पुरुष र महिला), उदयीमान क्रिकेट खेलाडी गरी विभिन्न पाँच विधामा सम्मान गर्ने भएको हो । सिप्यानका अध्यक्ष डा. मनिषराज पाण्डेका अनुसार वर्ष क्रिकेट खेलाडी पुरुष, वर्ष क्रिकेट खेलाडी महिला, वर्ष उदयीमान क्रिकेट खेलाडी, वर्ष उत्कृष्ठ क्षण र लाइफटाइम अचिभमेन्ट अवार्डबाट खेलाडीहरुलाई सम्मान गरिने छ ।

पाण्डेका अनुसार वर्ष क्रिकेट खोलाडी (महिला, पुरुष) तर्फ १ लाख ३१ हजार पुरस्कार राशी राखिएको छ । अन्य तीन विधामा समान ६६ हजार पुरस्कार राशीका साथ सम्मान गरिने उनले बताए । गतवर्ष क्रिकेट वर्ष खेलाडी अन्तर्गत महिला र पुरुषले पाउने रकम फरक फरक रहेकोमा त्यसलाई यो वर्ष समान गरिएको उनले बताए ।

पुरस्कारका लागि योग्य खेलाडी छनौट गर्न प्राविधिक समिति गठन गरिने र तोकिएको मापदण्डका आधारमा समितिले सिफारिस गरेका खेलाडीहरुलाई विभिन्न विधामा पुरस्कार राशी र ट्रफी पदान गरिने भएको हो । लाइफटाइम अचिभमेन्ट अवार्ड भने अनलाईन भोडिङका माध्यमका आधारमा छनोट गरिनेछ ।

नेपाली क्रिकेटको पुरानो पुस्तालाई प्रतिनिधित्व गर्ने खेलाडीलाई क्रिकेट खेलको क्षेत्रमा पु¥याएको योगदानका आधारमा पुरस्कृत गरिने पत्रकार मार्फत जानकारी गराइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.