Nepal Times
Nepal Times
3
Shares

एभीसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा नेपालको लगातार तेस्रो जित

एभीसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा नेपालको लगातार तेस्रो जित

२६ कार्तिक, काठमाडौं । एभीसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा नेपालले लगातार आज तेस्रो खेल जितेको छ । पहिलो खेलमा अफगानिस्तानलाई ३–० को सोझो सेटमा हराएको नेपालले सोमबार भएको दोस्रो खेलमा किर्गिस्तानलाई पनि ३–० कै सेटमा हराएको थियो ।

त्यस्तै तेस्रो खेलमा आज नेपालले बंगलदेशलाई ३–० कै सोझो सेटमा पाखा लगाएको छ । नेपालले बंगलादेशलाई पहिलो सेटमा २५–७, दोस्रो सेट २५–६, र तेस्रो सेटमा २५–६ ले पराजित गरेको हो ।

आजको खेलमा नेपालकी सुनिता खड्का वुमन अफ दि म्याच घोषित भइन् । नेपाल यो जितसँगै ३ खेलबाट ९ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । नेपाललाई पछ्याउने क्रममा माल्दिभ्सको समान ३ खेलबाट ८ अंक रहेको छ ।

प्रतियोगितामा नेपालसहित किर्गिस्तान, माल्दिभ्स, बंगलादेश र अफगानिस्तान गरी पाँच टिम सहभागी छन् । राउण्ड रोबिन लिगका आधारमा सञ्चालन भइरहेको प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.