Nepal Times
Nepal Times
3
Shares

एमसिसि प्रस्ताव छलफलका लागि संसदमा प्रस्तुत गर्नुपर्छ : प्रधानमन्त्री

एमसिसि प्रस्ताव छलफलका लागि संसदमा प्रस्तुत गर्नुपर्छ : प्रधानमन्त्री

१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसद सचिवालयमा टेबल गरेको एमसिसि प्रस्ताव छलफलका लागि संसदमा प्रस्तुत गर्नुपर्ने धारणा राखेका छन् ।

नेपाली कांग्रेस र नेकपा माआवादी सरकारमा हुँदा एमसिसिमा सम्झौता गरिएको उल्लेख गर्दै उनले सरकार सो प्रस्तावबारे संसदमा छलफल होस् भन्ने माग गरिरहेको बताए । राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सरकारले प्रस्तुत गरिसकेपछि संसदमा निर्णयार्थ प्रस्तुत नगर्नु भनेको असंबैधानिक हुने तर्क गरे । उनले भने “नेपाली कांग्रेस र नेकपा माआवादी सरकारमा हुदा एमसिसि सम्झौता गरिएको गरिएको थियो । त्यो निर्णयार्थ हामीले संसदमा टेबल गरेका छौ । टेबलमा निर्णयार्थ प्रस्तुत गरिएको छैन । हामी त्यसको माग गरिरहेका छौ । त्यसरी सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने संबैधानिक अधिकार कसैसंग हुदैन । त्यो गर्नैपर्ने हुन्छ । तर संविधान नै नमान्ने, जिद्दी गर्ने प्रवृत्ति हामीले झेलिरहेका छौ । ”

आपसी बैमनश्यता नभई एक भएर अघि बढ्नु आजको आवश्यकता रहेको उल्लेख गर्दे उनले भने “फाटोको खेति होइन बैमनश्यताको होइन । अनेकता र दुरिलाई हटाएर राष्ट्रिय एकता कामय गर्ने र हाम्रा सम्पुर्ण सामर्थय र सहयोगहरु देश विकासका लागि प्रयोग गर्नुपर्ने आजको आवश्यकता हो । त्यस आवश्यकता तर्फ म सबैको ध्यानाकर्षण गराउँछु ।”

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.