Nepal Times
Nepal Times
3
Shares

एमाले नेता नेपालले बोलाए आफ्नो समूहको केन्द्रीय सदस्यहरुको बैठक

एमाले नेता नेपालले बोलाए आफ्नो समूहको केन्द्रीय सदस्यहरुको बैठक

३१ वैशाख, काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो समूहको केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् ।

बैठक शुक्रबार दिउँसो २ बजे भर्चुअल माध्यमबाट गरिने एक नेताले जानकारी दिए ।

नेता नेपालले बिहीबार अध्यक्ष केपी शर्मा ओली र आफूबीच भएको छलफल र सहमतिबारे जानकारी दिन आफू निकट नेताहरुको बैठक बोलाएका हुन् ।

दुई नेताबीचको छलफलमा पार्टी संरचना २०७५ जेठ २ को स्थितिमा फर्काउने र अध्यक्ष केपी शर्मा ओली पक्षले फागुन २८ गते गरेको निर्णयबारे छलफल गर्न कार्यदल गठन गर्ने सहमति भएको थियो ।

उक्त सहमतिपछि माधव नेपाल पक्षका सांसदले सांसद पदबाट राजीनामा दिने तयारी स्थगित भएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.