Nepal Times
Nepal Times
3
Shares

एसईईको नतिजा केही दिन ढिलो हुने

एसईईको नतिजा केही दिन ढिलो हुने

२२ साउन, काठमाडौँ ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन केही दिन ढिलो हुने जनाएको छ । हतार गर्नुपर्ने परिस्थिति नरहेकोले सर्टिफिकेटमा कुनै त्रुटि नहोस् भनेर त्यसलाई दोर्होयाएर हेर्ने काम भइरहेको बोर्डले जनाएको छ ।

बाढीपहिरो र कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढेकाले नतिजा प्रकाशन गर्दा विद्यार्थी चहलपहल बढ्न सक्ने आकलनसमेत गरिएको जनाइएको छ । बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलल भने, ‘सर्टिफिकेटमा कुनै त्रुटि नहोस् भनेर त्यसलाई दोर्होयाएर हेर्ने काम भइरहेको छ । लकडाउनले गर्दा त्रुटि सच्याउन तत्काल काठमाडौं आउन सक्दैनन् । र अहिलेसम्म विद्यालयसमेत खुल्ने वातावरण नरहेकोले नतिजा केही दिन ढिलो प्रकाशन गर्दा कुनै फरक पर्दैन ।’

यसपटक आन्तरिक मूल्यांकनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्ने गरिने तयारी भएको छ । बोर्डले यसअघि साउन १५ भित्रै नतिजा प्रकाशित गर्ने जनाएको थियो । विद्यार्थीले प्राप्त गरेका अंकहरू सिस्टममा चढाउने काम भइसकेको छ ।

यसपटक एसईई दिने ४ लाख ८२ हजार परीक्षार्थीले थिए । नतिजा प्रकाशन गरेपछि परीक्षार्थीलाई बोर्डले नै ग्रेडसिट प्रदान गर्नेछ । विद्यालयले पछिल्लो पटक सञ्चालन गरेको कक्षा १० को परीक्षाका आधारमा एसईईका विद्यार्थीलाई प्रमाणपत्र दिने गरी बोर्डले कार्यविधि बनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.