Nepal Times
Nepal Times
3
Shares

ओलम्पिकको सपना बोकेकी दीक्षाको टेबल टेनिस मोह

ओलम्पिकको सपना बोकेकी दीक्षाको टेबल टेनिस मोह

७ कात्तिक, विराटनगर ।
छोटो स्पोर्टस हाफ पाइण्ट, कपाललाई माथि बाधेको , अनि पूर्ण एकाग्रका साथ टेबल टेनिस खेलिरहने, यो दृश्य हरेक साझ धरान कलेज रोडको कबर्ड हलमा देख्न सकिन्छ । उनी हुन १८ वर्षीया दीक्षा दाहाल ,जसले टेबल टेनिसलाई नै आफ्नो संसार बनाएकी छन् ।

अहिले उनी प्रशिक्षक र टेनिस बोर्डलाई नै आफ्नो साथीका रुपमा लिन्छिन् । यसैबाट नै छर्लङ हुन्छ कि उनको टेबल टेनिस प्रतिको मोह कस्तो छ भनेर । विभिन्न उतारचढावका बीच टेनिसप्रति सपना बुन्दै अघि बढेकी दीक्षा, अहिले अरुका लागि पनि हौसलाकी पात्र बनेकी छन् । स्कुल बेला हुदा खाली समयमा सिमेन्टको बोर्डमा बसेर साथै भाइसँग गफिदा गफिदै टेबल टेनिस खेल्ने उनमा बानी बस्यो । नेपालका नम्बर १ बन्न सफल विनोद शाक्य उनका सुरुवात देखिका प्रशिक्षक हुन् । नेपाल आर्मी क्लबमा आबद्ध दाहालको सपना ओलम्पिक सम्म पुग्ने छ । तर पहिला उनलाई साग त्यस पछि एसियाली गेम खेल्नु छ अनि ओलम्पिक खेल्नुछ । तर ओलम्पिक सम्मको यात्रा गर्न लामो र कठिन मेहनत आवश्यक पर्ने पनि उनको बुझाइ छ ।

घर परिवारबाट शुरुवातमा त्यति सहयोग नभएपनि अहिले आएर आफूले केही बुझाउन सकेको उनी बताउँछिन् । ६,७ वर्षको अधिक मिहेनतले आज आफूलाई मानिसहरुले चिन्न थालेपछि आफुमा पनि आत्मविश्वास बढेको उनी बताउँछिन । खेलकै सिलसिलामा पाकिस्तान सम्म पुगेकी उनी एक पटक भने आर्थिक अवस्थाका कारण श्रीलंकामा पाएको अवसर गुमाउनु परेको तितो अनुभव पनि उनले साटिन् ।

टेबल टेनिस पारखी दीक्षा जुनियर नेपाल नम्बर १ मानिन्छिन् । उनी भोलिका दिनमा सिनियर नेपाल नम्बर १ बन्ने चाहाना रहेको बताउँछिन् । सकारात्मक सोचकी दाहाल अहिले एक कुशल खेलाडी मात्र हैन तर धेरै किशोरीहरुको मनोबल पनि बनेकी छिन् । उनी प्राय उनी जस्तै अरु किशोरीहरुलाई पनि खेल सिकाउने गर्छिन् । मेहेनत गर्नेका लागि टेवल टेनिसमा राम्रो भविष्य रहेको बताउने दीक्षा टेवल टेनिस संघ साथ साथै स्थानीय तहको जिम्मेवारी र खेलाडीको मेहेनत भयो भने यो खेललाई अझै उचाइमा लैजान सक्नेमा विश्वस्त छिन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.