Nepal Times
Nepal Times
3
Shares

ओलीको प्रष्टीकरण- शायद ती न्यायाधीशहरुलाई मैले कहिले पनि भेटेको छैन

ओलीको प्रष्टीकरण-  शायद ती न्यायाधीशहरुलाई मैले कहिले पनि भेटेको छैन

३ माघ, काठमाडाैँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटघाट गरेको भन्ने विषय प्रमाणित गर्न चुनौति दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर १ को प्रदेश सम्पर्क कमिटीद्धारा काठमाण्डौँमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले  भने “मैले यसपटक मात्रै होइन , शायद कहिलेही भेटेको छैन ।”

उनले झुट प्रचार गरेर न्याय प्रणालीमाथि प्रहार गर्ने काम गरेको उल्लेख गरे । उनले भेटघाटबारे समाचार छाप्ने संञ्चार माध्यमलाई ‘झुट बोल्ने कर्तव्यको ठेक्का लिएको ’ संज्ञा दिए ।

उनले भने “न्यायप्रणाली माथिको विश्वास हटाउन, न्याय प्रणाली माथिको गम्भीर प्रहार र घिनलाग्दा कुरा के हुनसक्छ । उहाँहरु यस कुरालाई प्रमाणित गरेर देखाउन सक्नुहुन्छ ? ” उनले मिडिया मार्फत लोकतान्त्रिक संस्थाहरुमाथि हमला गर्ने काम भएको बताए । उनले भने “एउटा पत्रिकाजो झुट बोल्ने कर्तव्यको ठेक्का लिएर बसेको छ । हिजो सर्वोच्च अदालतले खण्डन गरिसकेको छ । आज फेरी पनि के न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेकै हो भनेर आज पनि समाचार आएको छ । लाजपनि लाग्न पर्छ । लोकतान्त्रिक संस्थाहरुमाथिको हमला । ”

प्रतिनिधिसभा विघटनको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला प्रधानमन्त्रीले ४ जनान्यायाधीशलाई भेटेको भन्दै शुक्रबार संबैधानिक इजलासमा रिट निवेदकको तर्फबाट विघटित प्रतिनिधिसभाकी सांसद शशी श्रेष्ठले प्रश्न उठाएकी थिइन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.