Nepal Times
Nepal Times
3
Shares

ओलीको सन्देश बोकेर आएका पौडेल र नेम्वाङसँग नेपालको कुरा मिलेन

ओलीको सन्देश बोकेर आएका पौडेल र नेम्वाङसँग नेपालको कुरा मिलेन

२६ बैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङबीचको छलफल सकिएको छ।

सिंहदरबारमा भएको छलफलमा कुनै निष्कर्ष निष्कन नसकेको सुवास नेम्वाङले जानकारी दिए । तर, नेपालसँग सकारात्मक कुराकानी भएको उनले बताए ।

बैठकपछि पत्रकारहरू कुरा गर्दै नेम्वाङले भने, ‘अहिले छलफल सकरात्मक भयो तर सहमति भएन । अध्यक्ष ओली र नेपालबीच छलफल र टेलिफोन कुराकानीका आधारमा हामी छलफलमा बसेका हौं। कुनै निष्कर्ष निस्केको छैन।’

अहिले नेता नेपालले आफू निकटका सांसदहरुसँग राजीनामाबारे छलफल गरिरहेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.