Nepal Times
Nepal Times
3
Shares

ओलीले बोलाए आकस्मिक महाधिवेशन आयोजक कमिटी बैठक

ओलीले बोलाए आकस्मिक महाधिवेशन आयोजक कमिटी बैठक

१२ बैशाख, काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे आकस्मिकरूपमा बैठक बोलाइएको हो । बैठकका एजेन्डाबारे भने खुलाइएको छैन ।

गत शुक्रबार मात्रै आयोजक कमिटीको पहिलो बैठक सकिएको थियो । त्यसको दुई दिन नबित्दै अर्काे बैठक बोलाउनुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

उक्त बैठकमा कर्णालीमा फ्लोर क्रस गर्ने ४ सांसदलाई निश्कासन गर्ने, माधव नेपाल पक्षधर नेताहरूलाई हटाउँदै नयाँ स्थायी कमिटी गठन, नेताहरूको कार्यविभाजन, नेता नेपालसहित २७ जना सांसदलाई कारबाहीको जिम्मा स्थायी कमिटीलाई दिनेलगायत निर्णय भएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.