Nepal Times
Nepal Times
3
Shares

ओली पनि सहभागि हुँदै बालुवाटारमा नेकपा सचिवालय बैठक शुरु

ओली पनि सहभागि हुँदै बालुवाटारमा नेकपा सचिवालय बैठक शुरु

२० मंसिर, काठमाडौं ।
नेकपा सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । बैठक अगाडि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो।

ओली बुधवारको बैठकमा पनि अनुपस्थित थिए । त्यसपछि बुधबारको सचिवालय बैठकले यसबाहेक बैठकले पार्टी संवेदनशील र असामान्य मोडमा रहेकाले शनिबारको बैठकमा सहभागी हुन ओलीलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

भोलि स्थायी कमिटीको बैठक बोलाइएको पूर्वसन्ध्यामा नेकपाका सवै घटनाक्रमलाई चासोपूर्वक हेरिएको छ । ओलीले अनौपचारिक संवादमार्फत दुई अध्यक्षवीच सहमतिपछि मात्रै बैठक बस्ने अडान लिएका थिए ।

उनले दाहालको प्रस्ताव फिर्ता हुनुपर्ने अडान पनि राखेका छन् । अर्कोतिर ओलीले संक्रमणकालीन कमिटीबाट बहुमत–अल्पमतका आधारमा निर्णय हुन नसक्ने आफ्नो मत पनि राखेका छन् ।

तर, दाहाल नेपालपक्ष भने सहमति नभए विधि अनुसार नै बहुमत–अल्पमतमा जानुपर्नेपक्षमा छ । ओली निकट नेताहरुले दुवैले राजनीतिक प्रस्ताव थाती राखेर साझा प्रस्ताव ल्याउने अवस्था बन्ने र २६ भदौमा सम्पन्न स्थायी समितिको निर्णय कार्यान्वयन गर्दै महाधिवेशन सम्पन्न गर्ने नै संकट समाधानको विकल्प हुने बताएका छन् ।

बुधबारको सचिवालय बैठकले पार्टीमा देखिएको संकट समाधानका लागि अनौपचारिक र औपचारिक दुवै तहमा नेताहरूबीच संवाद अघि बढाउने, मंसिर २० मा सचिवालय र मंसिर २१ मा स्थायी समिति बैठक आयोजना गर्ने निर्णय गरेको थियो ।

मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले १०–१५ दिन बैठक नै रोकेर अनौपचारिक छलफल गर्न प्रस्ताव गरेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.