Nepal Times
Nepal Times
3
Shares

कर्णाली प्रदेश भित्रिने मुख्य नाकामा हेल्थ डेस्क सञ्चालन

कर्णाली प्रदेश भित्रिने मुख्य नाकामा हेल्थ डेस्क सञ्चालन

९ माघ, सुर्खेत । कोरोना सङ्क्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश भित्रिने मुख्य नाकामा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले प्रदेश सरकार र भेरीगङ्गा नगरपालिकाको सहयोग तथा समन्वयमा भेरीगङ्गा नगरपालिका–१० को तोलिखोला (छिन्चु)मा आजदेखि हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो ।

बबई हुँदै भारत तथा अन्य देशबाट आउने नागरिकहरुलाई विशेष लक्षित गरेर हेल्थ डेस्क सञ्चालनमा ल्याइएको कार्यालयका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए ।

उनले हेल्थ डेस्कमार्फत स्वास्थ्य जाँच गरिने र लक्ष्ण देखिएकाहरुको एन्टिजेनमार्फत कोरोना परीक्षण गरिने बताएका छन् । त्यस ठाउँमा होल्डिङ सेन्टर निर्माण हुँदै गरेको अहिले अस्थायी रुपमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको उनले जानकारी दिए ।

हेल्थ डेस्क सञ्चालनका लागि प्रदेश सरकारले स्वास्थ्य जनशक्ति पठाएको छ । उनले यसअघि सुर्खेत विमानस्थलमा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको बताए ।

कोरोना सङ्क्रमणको तेस्रो लहर आएपछि कर्णालीमा पनि कोरोना सङ्क्रमण दर बढ्दै गएको छ । यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय ७२ रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.