Nepal Times
Nepal Times
3
Shares

कल्याण सेक्युरिटी सर्भिसमा छापा, अवैध रुपमा कतार प्रहरीमा लैजान अन्तरवार्ता लिएको आशंकामा

कल्याण सेक्युरिटी सर्भिसमा छापा, अवैध रुपमा कतार प्रहरीमा लैजान अन्तरवार्ता लिएको आशंकामा

१२ माघ, काठमाडौं । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अघि अवस्थित म्यानपावर बजारमा रहेको कल्याण सेक्युरिटी सर्भिस प्रालिमा छापा मारेको छ ।

कतार प्रहरीमा अवैध रुपमा पठाउन भन्दै अन्तरवार्ता लिएको सूचनाका आधारमा विभागले छापा मारेको हो ।

विभागकाअनुसार कतार प्रहरीका लागि अन्तरवार्ता लिइएका २२ जनाको शंकास्पद फारम बरामद भएको छ । म्यानपावर कम्पनीमा अन्तरवार्ता लिँदा छापा मार्ने क्रम बढेपछि अब व्यवसायीले सेक्युरिटी कम्पनीहरुमा अन्तरवार्ता लिन सुरु गरेको खुलेको हो ।

यसरी अन्तरवार्तामा पास भएकाहरुलाई लाखौं असुलेर भारतको बाटो हुँदै कतार पु¥याउने काम भइरहेको खुलेको छ । विभागले एक महिनाअघि पनि कतार प्रहरीकै लागि अन्तरवार्ता लिइरहेका तीन वटा म्यानपावरमा छापा मारेको थियो ।

त्यसपछि भएको अनुसन्धानमा कतार सरकार नै अवैध रुपमा नेपाली श्रमिकलाई कतारको प्रहरीमा लैजान लागेको खुलेको थियो । तर, सरकारले त्यसविरुद्ध कडा कदम नचाल्दा यस्तो अवैध धन्दा थप मौलाएको देखिन्छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.