गुन्यु चोली ढाकाटोपी नेपालीको सान ।
कञ्चनजङ्घा, सगरमाथा हाम्रो पहिचान ।।
हिमाल राम्रो पहाड राम्रो तराई झिलिमिली ।
नेपाली हौँ हामी हजुर बस्छौ मिलीजुली ।।
जाति, भाषा,लिङ्ग बर्ग धर्म नै हो हाम्रो ।
गरीब दुःखी असाहायलाई सेवा गर्नु राम्रो ।।
नेपाल भनी चिनिएको विश्व भरी सारा ।
बगाइदिन्छौ हाँसीहाँसी पसिनाको धारा ।।
ढिँडोरोटी खान्छौँ अनि पिउछौँ सफा पानी।
मिलिजुली बसौँ भन्ने नेपालीको बानी।।
लालिगुराँस टिप्दै टिप्दै डाडापाखा डुल्ने ।
वनै राम्रो सुन्दर हाम्रो पीडा त्यसै भुल्ने।।
पूरा नेपाल सुन्दर राख्न राम्रो काम गर्छौँ ।
देशका लागि मर्नु परे हाँसी हाँसी मर्छौं ।।
लेखक : दुर्गेस बन्जारा (दुर्गा)
बराहपोखरी– ३ खोटाङ