Nepal Times
Nepal Times
3
Shares

काँकडभिट्टास्थित सुख्खा बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स नेपाल फ्रेट सर्भिसेसलाई

काँकडभिट्टास्थित सुख्खा बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स नेपाल फ्रेट सर्भिसेसलाई

१५ माघ, काठमाडौं । इन्टर मोडल यातायात विकास समितिले आह्वान गरेको बोलपत्रमा सहभागी पाँच कम्पनीमध्येबाट काँकडभिट्टास्थित सुख्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी ट्रान्स नेपाल फ्रेट सर्भिसेस प्रालिले पाएको छ ।

ट्रान्स नेपालको प्राविधिक तथा आर्थिक प्रस्ताव मूल्यांकनबाट छनोट भएको हो ।

पाँच वर्षका लागि वार्षिक १३ करोड २३ लाख भाडा तिर्नेगरी उक्त कम्पनीसँग बुधबार समितिले सम्झौता गरेको छ ।

समितिका तर्फबाट कार्यकारी निर्देशक आशिष गजुरेल र कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक मुकेशकुमार राठीले गरेको करार सम्झौतामा हस्ताक्षर गरेका हुन् । कम्पनीले फागुन १ देखि बन्दरगाहमा काम सुरु गर्नेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.