×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कांग्रेसको सरकार बने सुनिल शर्मा मन्त्री बन्नेः सिटौला

७ आश्विन २०७६

झापा, ७ असोज । स्वास्थ्य र शिक्षा क्षेत्रबाट समाजमा योगदान पुर्याएको भन्दै नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्मालाई झापामा सम्मान गरिएको छ । नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ३ ले बिर्तामोड–१० स्थित सैनिक बजारमा आयोजना गरेको कार्यक्रममा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले डा.शर्मालाई सम्मान गरेका हुन् ।

कार्यक्रममा नेता सिटौलाले दोसल्ला र माला लगाएर सम्मानपत्र प्रदान गरी डा.शर्मालाई सम्मानित गरे । सम्मान कार्यक्रममा नेता सिटौलाले समाजसेवाका क्षेत्रमा डा.शर्माले पुर्याएको योगदानको प्रशंसा गर्दै डा.शर्मा अव सांसद बन्ने पक्का रहेको ठोकुवासमेत गरेका छन् ।

उनले कांग्रेसको सरकार बन्दा डा.शर्माले मन्त्री पाउँने संकेत पनि गरे । सुनिल शर्मा र आफ्नो सम्बन्ध बाबु–छोराको जस्तै रहेको भन्दै उनले डा.शर्माको प्रगतिमा सवैले गर्व गर्नुपर्ने धारणा राखे ।

सो अवसरमा डा.शर्माले सम्मानका कारण आफुलाई अझ बढी सामाजिक काममा अघि बढ्ने हौसला मिलेको बताउँदै झापामा अर्को एम्बुलेन्स निःशुल्क प्रदान गर्ने घोषणासमेत गरेका छन् । कांग्रेस महासमिति सदस्यसमेत रहेका डा.शर्माले यसअघि मोरङको पथरीशनिश्चरे, ईटहरा र पाँचथरमा पनि एम्बुलेन्स प्रदान गरेका थिए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top