Nepal Times
Nepal Times
3
Shares

कांग्रेसले नेकपा विवाद नटुंगिएसम्म भावी सरकारको बारेमा निर्णय नगर्ने

कांग्रेसले नेकपा विवाद नटुंगिएसम्म भावी सरकारको बारेमा निर्णय नगर्ने

१३ फागुन, काठमाडौं ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको अन्तिम टुंगो नलाग्दासम्म भावी सरकारको बारेमा निर्णय नलिने भएको छ ।

बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले साे निर्णय गरेकाे हाे ।

संसद पुनर्स्थापना भएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे समीक्षा गर्न बसेकाे बैठकमा सभापति देउवाले नेकपाको दुबै पक्षबाट सहकार्यको प्रस्ताव आएको भन्दै राय मागेका थिए ।

नेकपाको विवाद अन्तिम टुंगो नलागेसम्म कांग्रेस कसैको पक्ष वा विपक्षमा उभिन सक्दैनौं भन्ने निष्कर्ष रहेकाे नेता कृष्णप्रसाद सिटौलाले बताए । उनले भने, ‘कांग्रेसले हतार गरेर निर्णय गर्नु काम छैन । संसद् पुन:स्थापनापछि नेकपा एक छ । उनीहरुको विवाद कसरी टुंगिन्छ । त्यसपछि हाम्रो भूमिका क्लियर गर्छौं ।’

जनताले पनि प्रतिपक्षमा बस्ने म्याण्डेट दिएको भन्दै नेताहरुले सरकारमा जान हतार गर्न नहुने नेताहरुले बताएका छन् । नेकपा विभाजन भएर सरकार बन्नै नसक्ने अवस्था आए मात्र यसबारे पार्टीमा छलफल गर्नु उपयुक्त हुने राय नेताहरुकाे छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.