Nepal Times
Nepal Times
3
Shares

काठमाडौंको टेकु र महाबौद्ध क्षेत्र सिल

काठमाडौंको टेकु र महाबौद्ध क्षेत्र सिल

२३ साउन, काठमाडौँ । टेकु र महाबौद्ध क्षेत्र सिल गर्ने काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका अधिकारीबीच बसेको बैठकले सो निर्णय गरेको हो । यस्तै, नागरिकता र पासपोर्ट वितरण कार्य समेत बन्द गर्ने जनाइएको छ ।

यी तीन जिल्लामा संक्रमण देखिएका सबै ठाउँ सिल गर्ने बैठकले जनाएको छ । बैठकको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा रोक्ने भएको छ ।

यस्तै, तीन वटै जिल्लामा रहेका क्वारेन्टिन र आएसोलेसन पनि थप सुरक्षित बनाउने जनाइएको छ । (रासस)

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.