Nepal Times
Nepal Times
3
Shares

काठमाडौंको पवित्रानगरमा एक नवजात शिशु फेला, आमा नियन्त्रणमा

काठमाडौंको पवित्रानगरमा एक नवजात शिशु फेला, आमा नियन्त्रणमा

७ माघ, काठमाडौँ । काठमाडौंको पवित्रानगरमा बुधबार बिहान एक नवजात शिशु फेला परेको छ।

काठमाडौं महानगरपालिका-२६ पवित्रानगरस्थित झाँडीमा बिहान करिब २-३ बजे नवजात शिशु फेला परेको थियो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टका अनुसार शिशुको अहिले कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ ।

‘बिहान स्थानीयले बच्चा रोएको सुनेछन्। बाहिर झाँडीमा एक भर्खरै जन्मिएको बच्चा फेला परे,’ डिएसपी विष्टले भने, ‘तत्कालै प्रहरीलाई खबर भयो।’

खबर भएको केही बेरमै बच्चाको २० वर्षीया आमा पत्ता लागेको उनले बताए। उनी अविवाहित हुन्।

प्रहरीले महाराजगन्ज क्षेत्रबाट डेरा गरी बसेकी आमालाई नियन्त्रणमा लिएको थियो।

उनको पनि कान्ति बाल अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.