Nepal Times
Nepal Times
3
Shares

कुरिलो किलोकै ५ हजार रुपैंयाँ !

कुरिलो किलोकै ५ हजार रुपैंयाँ !

काठमाडौं: कुरिलोको भाउ किलोकै ५ हजार रुपैंयाँ पुगेको छ । मागमा भएको अत्याधिक बृद्धि र उत्पादनको सीमितताका कारण भाउ एक्कासि बढेको हो ।

अफ सिजन भएकाले यतिबेला बजारमा कुरिलो थोरै मात्रामा पाइन्छ । त्यसको फाइदा उठाउँदै व्यापारीले अस्वभाविक मूल्य लिन थालेका हुन् ।

‘कुरिलो सिजनल हो, बजारमा कहिले आउँछ, कहिले आउँदैन’, कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने,‘बजारमा पाइने कुरिलो काठमाडौं भित्रको हो । थोरै आउँछ एकैछिनमा विक्री हुन्छ ।’

समितिको तथ्यांक अनुसार गत जेठमा कुरिलो प्रतिकिलो न्यूनतम २ सय ५० देखि ३ सय २५ रुपैंयाँ (होलसेल मूल्य) थियो ।, यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.