Nepal Times
Nepal Times
3
Shares

केटुको शिखरमा पुगे १० नेपाली, बन्याे हिउँदमा आरोहणको कीर्तिमान

केटुको शिखरमा पुगे १० नेपाली, बन्याे हिउँदमा आरोहणको कीर्तिमान

३ माघ, काठमाडौं ।

विश्वकै दोस्रो अग्लो चुचुरो केटू हिमालमा नेपालका १० जना पर्वतारोहीले शनिबार सफलता हात पारेका छन् । संसारको दोस्रो सर्वोच्च शिखरमा हालसम्म हिउँद याममा कोही पनि पुग्न सकेको थिएन । आठ हजार मिटरभन्दा माथिका शिखरमध्ये यो हिमाल मात्र हिउँदमा आरोहण हुन सकेको थिएन ।

तर नेपालका निर्मल (निम्सदाइ) पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले शनिबार साँझ ५:४५ बजे (स्थानीय समयअनुसार ५ बजे) ८ हजार ६११ मिटर अग्लो शिखरको सफल आरोहण गरेका छन् ।

दश आरोहीमध्ये मिङ्मा जी शेर्पाले अक्सिजनबिना नै आरोहण गरेका छन् । आधार शिविरमा रहेका सेभेन समिट ट्रेक्सका छाङदावा शेर्पाले आरोहणको सफलता पुष्टि गरे ।

केटू हिमाल आरोहणको नेतृत्व गरिरहेका आरोही निर्मल पूर्जाले भनेका छन्, ‘असम्भवलाई सम्भव बनाइयो,’ प्रख्यात आरोही पुर्जाले आफ्नो इन्स्टाग्राममा लेखेका छन्, ‘मानव जातिका लागि इतिहास बनाइयो । नेपालका लागि इतिहास बन्यो ।’

यो हिमाल आरोहणका लागि म्याग्दीका पुर्जासहित १० नेपाली करिब महिनाअघि काठमाडौंबाट पाकिस्तान पुगेका थिए । पुर्जाका अनुसार, नेपाली टोलीले चुचुरोमा १० मिनेट समय बिताएको थियो । उनले यसलाई विशेष पल भन्दै त्यहाँ नेपालको राष्ट्रिय गीत गाएको इन्स्टामा लेखेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.