Nepal Times
Nepal Times
3
Shares

केराबारीको मेरो माइक्रो फाइनान्सलाई घरभाडामा छुट

केराबारीको मेरो माइक्रो फाइनान्सलाई घरभाडामा छुट

२१ असार, माेरङ।
कोरोनाको कहरकाबीच ब्यापार ब्यवसाय धरासायी भएको भन्दै व्यवसायीहरुले कर र घरवाहल शुल्क छुटको माग गर्दै आएका छन् । सरकारले बजेट मार्फत करका विषयमा केही सम्बोधन र घरबहाल शुल्कमा छुट दिन सरकारले आग्रह गरेपनि निजी क्षेत्रबाट घरबहाल शुल्कमा आशातित छुट नपाएको व्यवसायीहरुको गुनासो छ ।

अधिकांश घर मालिकहरुले अन्देखी गर्दे घरबहाल कर उठाउदै आएपनि केही मनकारी ब्यक्तिहरुले भने उदाहरणीय रुपमा घरबहाल शुल्कमा छुट दिदै आएका छन् ।कोरोना भाइरसले विश्वभरको अर्थतन्त्र संकटमा परेको प्रभावलाई मध्यनजर गरि मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई केराबारीका मनकारी संजयकुमार साह तेलीले घरभाडामा सहुलियत दिएका छन् ।

केराबारी-८, मोरङमा रहेको मेरो माइक्रो फाइनान्सको केराबारी शाखा कार्यालयलाई एक महिनाको घरभाडा छुट दिएर घरबेटी तेलीले संस्थालाई सहयोग गरेर सामाजिक उत्तरदायित्व निभाएको शाखा कार्यालयका प्रमुख बिकेश पोद्धारले जानकारी दिए । त्यस्तै, घरभाडामा पाएको छुट रकम स्थानीय तहकै कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग गर्ने समेत उनले बताए ।

लकडाउनका कारण ब्यापार ब्यवसाय धरासायी बनेको यस्तो संकटको अवस्थामा घर भाडा लिनु ठीक नलागेको र संस्थाको कारोवार संचालन गर्न नसकेको अवस्था आफैले देखेको अवस्थामा घर भाडा छुट दिएको तेलीले बताए । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २५ लाख ६ हजार सहयोग गरिसकेको छ । त्यसको साथै बिभिन्न स्थानीय तहहरुलाई पनि राहत तथा आर्थिक सहयोग गरिरहेकोे पोद्धारले बताए ।

मेरो माइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रही देशका ५९ जिल्लामा १ सय २० शाखा कार्यालय र बालग्राम अनुगमन कार्यालय सुनसरी अन्र्तगत मोरङमा ४ शाखा सहित ३ जिल्लामा ८ शाखा कार्यालयमार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ । संस्थाले चालु आर्थिक बर्षको त्रैमासिक अवधिमा ९ करोड ५८ लाख २९ हजार रुपैँया खुद मुनाफा आर्जन गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.