Nepal Times
Nepal Times
3
Shares

कोइला खानीमा पानी भरिँदा १३ श्रमिक थुनिए

कोइला खानीमा पानी भरिँदा १३ श्रमिक थुनिए

२९ चैत्र, एजेन्सी ।
चीनको सिनजियाङ प्रान्तको एक कोइला खानीमा पानी भरिँदा १३ श्रमिक थुनिएका छन्।

स्थानीय प्रशासनले खानीभित्रै थुनिएका ती श्रमिकहरूको उद्धारकार्य भइरहेको जानकारी दिएको छ।

खानीबाट उद्धारकर्मीहरूले अहिलेसम्म ८ श्रमिकलाई निकालेका र १३ जना अझै भित्रै थुनिएको चिनियाँ सञ्चारमाध्यमहरूमा उल्लेख छ।

श्रमिकहरूलाई निकाल्न अहिले खानीभित्र अक्सिजन पठाइएको र त्यहाँ रहेको पानी पम्पले तानेर निकाल्ने काम भइरहेको उद्धारकर्मीहरूले बताएका छन्।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.