Nepal Times
Nepal Times
3
Shares

कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र उरुग्वे खेल्दै

कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र उरुग्वे खेल्दै

५ असार, काठमाडौं ।

कोपा अमेरिका फुटबलमा समूह ’बी’ का अर्जेन्टिना र उरुग्वे खेल्दै छन् । खेल बिहान पौने ६ बजे हुनेछ ।

पहिलो खेलमा चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको अर्जेन्टिना उरुग्वेलाई हराउँदै समूहमा पहिलो जितको खोजीमा हुनेछ । यस्तै, उरुग्वे पनि आज विजयी सुरुवात गर्न चाहन्छ ।

समूह ’बी’ मा चिली चार अङ्कका साथ शीर्ष स्थानमा छ भने पाराग्वे तीन अङ्कका साथ दोस्रो स्थानमा छ । यस्तै, एक अङ्क जोडेको अर्जेन्टिना तेस्रो स्थानमा छ । एक खेल पनि नखेलेको उरुग्वे पुछारभन्दा माथि र बोलिभिया अङ्कविहीन हुँदै पुछारमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.