Nepal Times
Nepal Times
3
Shares

कोरोनासँग लडिरहेको चीनलाई साथ दिन काठमाडौँमा ‘हामी साथ छौँ’

कोरोनासँग लडिरहेको चीनलाई साथ दिन काठमाडौँमा ‘हामी साथ छौँ’

२९ माघ, काठमाडौँ ।
नोवल कोरोना भाइरस विरुद्धको संघर्षमा लडिरहेको चीनलाई साथ दिन बुधबार काठमाडौंमा ‘हामी साथ छौं’ कार्यक्रम आयोजना गरिएको छ । ट्रान्स हिमालय विकास केन्द्र र फ्रेण्ड्स अफ सिल्क रोडले आयोजना गरेको उक्त कार्यक्रममा नेपाल र चीनको झण्डा बनाई मैनबत्ती बालेर ‘हामी साथ छौं’ भन्ने सन्देश दिइएको थियो । त्यस्तै सांगीतिक र साहित्यिक माध्यमबाट चीनलाई साथमा छौं भन्ने सन्देश दिइएको छ ।

चीन नेपाल छिमेकी मात्र नभएर असल छिमेकी भएको र चीनले कोरोना भाइरसमाथि जित हासिल गर्ने छ विश्वास नेपालले गरेको र नेपाल सँधै चीनको साथमा छ भन्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा चिनियाँ राजदूत होउ यान छिले चीनले ब्यहोरिरहेको विपत्ति प्रति नेपालले देखाएको सद्भावको सराहना गरिन् । उनले चीन सरकारले कोरोना भाइरसको नियन्त्रण गर्न महत्वपूर्ण कदम चालेकोले महामारीलाई रोकथाम गर्न सफल हुने बताइन् । कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले चीनमा फैलिएको नोबल कोरोना भाइसर नियन्त्रणमा चीनले प्राप्त गरेको सफलताको सकारात्मक सन्देश प्रवाह गर्न सहयोग गर्ने बताइन् । उनले यो सन्देशलाई विश्व समुदायमाझ फैलाउन लाग्ने प्रतिवद्धता समेत जनाए ।

उनले चीनले महामारीसँग लड्दै आएको र यसलाई छिट्टै जित्ने र त्यसका लागि हामी साथमा छौं भन्ने सन्देश दिन चाहेको बताइन् । उनले नेपालमा भूकम्प आउँदा चीनले दिएको साथको स्मरण गर्दै नेपाल र चीनबीचको सम्बन्ध उच्च रहेको बताइन् । उनले चीनमा रहेका नेपाली विद्यार्थीमा कुनै संक्रमण नरहेको भन्दै नेपाल लयाउन सरकारले तयारीलाई तिब्र बनाएको समेत बताइन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.