Nepal Times
Nepal Times
3
Shares

कोरोना कहरका बीच सरकारले किन खोल्यो वैदेशिक रोजगारको ढोका ?

कोरोना कहरका बीच सरकारले किन खोल्यो वैदेशिक रोजगारको ढोका ?

१८ असार, काठमाडौँ ।
देशमा बढ्दो कोरोना संक्रमणका बीच नेपाल सरकारले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । संक्रमणका कारण विदेशमा रहेका नेपाली स्वदेश फर्किन गुहार मागिरहेको अवस्थामा वैदेशिक रोजगारका लागि सरकारले पुन बाटो खोलेको हो ।

गत फागुन ३० देखि बन्द रहेको वैदेशिक रोजगारको लागि श्रम स्वीकृति दिने प्रक्रिया बिहीबारबाट पुनः सुरु भएको हो । अब विदामा आएका कामदारलाई फेरि फर्किन श्रम स्वकृति दिन थालिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारराज दाहालले जानकारी दिए । कामदारले काम गरिरहेको पुरानै रोजगारदाताकोमा काम काम जान दिन अनुमति दिन थालिएको हो ।

नयाँ कामदारले भने विदेश जान श्रम स्वीकृति पाउने छैनन् । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने अधिकार दिएको थियो । अब वैदेशिक रोजगारी खुला भएका सबै देशमा पुन श्रम स्वीकृति लिएर नेपालीहरु जान पाउनेछन् ।

काठमाडौंमा बिहीबारबाटै र उपत्यका बाहिरका प्रदेश कार्यालयबाट आइतबारदेखि सेवा दिन थालिनेछ । काठमाडौंको ताहचलस्थित वैदेशिक रोजगार कार्यालयमा सेवाग्रही लाइन बस्दा समाजिक दूरी कायम हुने गरी चिन्नहरु कोरिसकिएको छ । अवस्था हेरेर श्रम मन्त्रालयले नयाँ जाने कामदारको हकमा पनि निर्णय गर्न सक्नेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.