Nepal Times
Nepal Times
3
Shares

कोरोना त्रासले नर्सलाई डेराबाट निकालेको आरोपमा घरबेटी पक्राउ

कोरोना त्रासले नर्सलाई डेराबाट निकालेको आरोपमा घरबेटी पक्राउ

१८ चैत, दाङ ।
घर भाडामा बस्दै आएकी नर्सलाई कोरोना संक्रमणको त्रासले कोठाबाट निकालेको आरोपमा एक जना घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ
प्रहरीले मंगलबार दाङको घोराही उपमहानगरपालिका १८ नवलपुरमा डेरा गरी बस्दै आएकी तुलसीपुर उपमहानगरपालिका १६ गणेशपुरकी २० वर्षीया सिर्जना खड्कालाई घरबाट निकालेको भन्दै घरबेटी नारायण आचार्यलाई पक्राउ गरेको हो ।

घोराहीस्थित बुद्ध इन्टरनेशनल हस्पिटलमा कार्यरत खड्कालाई हस्पिटल जाँदाआउँदा कोरोना संक्रमण हुनसक्ने भन्दै घरबेटी आचार्यले कोठामा बस्ने नदिएको गुनाशो आएको थियो । उक्त गुनासोका आधारमा आचार्यलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । आचार्य घोराही उपमहानगरपालिका–२ को कार्यालयका वडा सचिव हुन् ।

मंसिरदेखि कोठा भाडामा बस्दै आएकी खड्का चैत १५ देखि कोठा भाडामा बस्न नपाएको गुनासो आएको थियो । उनले हाल होटेलमा बस्दै आएकी छिन् ।

अहिले घरबेटी आचार्यलाई पक्राउ गरेर छलफल गराउन खोज्दा पीडित भनिएकी नर्स सम्पर्कमा आउन नचाहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । कोरोना त्रासकै कारण स्वास्थ्यकर्मीलाई घरभाडामा बस्न कठिन भएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले मंगलबार एक सूचना जारी गरी सबै घरबेटीहरुलाई यस्तो व्यवहार नगर्न अनुरोध गरेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.