Nepal Times
Nepal Times
3
Shares

कोरोना प्रभावित देशलाई सहयोग गर्न राष्ट्रसंघका महासचिव गुटरेसको आग्रह

कोरोना प्रभावित देशलाई सहयोग गर्न राष्ट्रसंघका महासचिव गुटरेसको आग्रह

९ असाेज, न्युयोर्क ।

संयुक्त राष्ट्रंघका महासचिव एन्टोनियो गुटर्रेसले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष, आइएमएफलाई कोरोना भाइरसले प्रभावित भएका देशहरुलाई आर्थिक र अन्य सहयोग गर्न आग्रह गरेका छन् ।

उनले कोरोना भाइरसका कारण समस्यामा परेका विश्वका विभिन्न देशहरुलाई सुविधा र सहयोग उपलब्ध गराउन ती संस्थालाई आग्रह गरेका हुन् ।सुरक्षा परिषदको बिहीबारको बैठकलाई सम्बोधन गर्दै महासचिव गुटर्रेसले सो धारणा राख्नुभएको जनाइएको छ ।

हामी चाहन्छौँ कि विश्व बैंक र मुद्रा कोषजस्ता संस्थाहरुले कोरोना भाइरसको प्रकोपमा परेका देशहरुलाई आवश्यक सहयोग होस् र ती संस्थाहरुले उपलब्ध गराउने सेवा र सुविधाहरुमा संयुक्त राष्ट्रघका सदस्य राष्ट्रहरुको पनि पहुँच होस्–उनले भनेका थिए ।

कोरोना भाइरसको महामारीले विश्वका देशहरुमा आर्थिक समस्या पारेको तथा यसका कारणले विश्वका देशहरु विभिन्न आर्थिक जोखिमको अवस्थामा रहेका भन्दै यस्ता देशलाई सहयोग गर्न महासचिव गुटर्रेसले आग्रह गरेका हुन्। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष, आइएमएफले विश्वमा कोरोना भाइरसको प्रकोपका कारण ठूलो आर्थिक मन्दी आउने र ठूला आर्थिक देशहरुमा पनि यसको समस्या देखा पर्ने बताउँदै आएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.