Nepal Times
Nepal Times
3
Shares

कोरोना महामारी अहिलेसम्मकै ठूलो स्वास्थ्य संकट, अवस्था अझै भयाबह बन्न सक्छः डब्लुएचओ

कोरोना महामारी अहिलेसम्मकै ठूलो स्वास्थ्य संकट, अवस्था अझै भयाबह बन्न सक्छः डब्लुएचओ

१३ साउन, एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको महामारी विश्वले सामना गरेको अहिलेसम्मकै ठूलो स्वास्थ्य संकट भनेको छ ।

डब्लुएचओका महानिर्देशक डा. टेड्रोज अधानोम गेब्रससले कोभिड–१९ को स्वास्थ्य आपतकाल अहिलेसम्मकै सबैभन्दा गम्भीर स्वास्थ्य समस्या र गम्भीर विपद रहेको बताएका हुन् ।

डब्लुएचओले यो हप्ता कोरोना भाइरसका कारण घोषित स्वास्थ्य आपतकालको अहिलेसम्मको अवस्था मुल्यांकनका लागि आकश्मिक बैठक डोकेको छ ।

विश्व स्वास्थ्य संगठनले यसअघि इबोला, जिका, पोलियो र स्वाइन फ्लू का बेला पनि विश्वव्यापी स्वास्थ्य आपतकाल लगाएको थियो ।

तर यसपटकको महामारी अहिलेसम्मकै गम्भिर प्रकृतिको भएको डब्लुएचओले जनाएको छ । संकट अझै भयाबह अवस्थामा पुग्न्सक्ने भएकोले गम्भिर बन्न विश्व समुदायलाई उसको अपिल छ ।

विश्वभर अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ६३ लाख ९६ हजार भन्दा बढी पुगेको छ ।

यस्तै कोभिड–१९ बाट अहिलेसम्म विश्वभर ६ लाख ५१ हजार ९ सय भन्दा धेरैको ज्यान गएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.