Nepal Times
Nepal Times
3
Shares

कोरोना लागेर घरमा बस्दा के खाने ? के गर्ने ? (भिडियो सहित)

कोरोना लागेर घरमा बस्दा के खाने ? के गर्ने ? (भिडियो सहित)

१० वैशाख । नेपालमा कोरोना संक्रमणको दर निरन्तर उकालो लागिरहेको छ ।

बिहिबारको मात्रै तथ्यांक हेर्दा पनि १ सय जनामा परीक्षण गर्दा औसतमा २३ जनामा कोरोना पोजेटिभ देखिएको छ । कतै कतै परिक्षण गरिएकामध्ये ५० प्रतिशत बढिमा संक्रमण देखिएको छ । कोरोना भाइरसको नयाँ प्रजाति जुन अत्याधिक संक्रमित भनिएको छ, त्यसले लाखौँमा संक्रमण गराइ भारतमा तहल्का मच्चाइरहेको बेला नेपालमा पनि सोही प्रकारको लक्षण देखिँदा संक्रमितको संख्या अत्याधिक बढ्ने अनुमान लगाउन सकिन्छ । अझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिनासम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको छ । ३ लाख संक्रमित मध्ये ६० हजारलाई अस्पतालमा उपचार गर्नुपर्ने, ३० देखि ३५ हजार विरामीलाई अक्सिजन दिनुपर्ने र १५ हजार बिरामीलाई सघन उपचार कक्ष (आइसियु) आवश्यक पर्ने अनुमान छ । यस्तो अवस्था आए अस्पतालमा समेत शैया नपाउने जोखिम रहन्छ, त्यसैले घरमा आइसोलेट भइबस्नु पर्ने बाध्यता हुन सक्छ । परिस्थिती विकराल भएर होम आइसोलेसनमा बस्नुपरे के कुरामा ध्यान दिने त ? खासगरी होम आइसोलेसनमा बस्दा खाना र सुरक्षाको विषयमा बढि ध्यान पुर्याउनुपर्ने हुन्छ । कोरोना संक्रमण हुँदा थाकेको महसुुस हुने भएकाले नियमित व्यायाम गर्ने, कोठा मै भएपनि हिँडडुल गर्ने, चाँडै सुत्ने र चाँडै उठ्नेजस्ता आफूलाई व्यस्त राख्ने गतिविधि गर्नुपर्दछ । तर तपाईबाट अरुमा संक्रमण फैलिन नदिने कुरामा भने तपाई आफैले ख्याल पुर्याउनुपर्ने हुन्छ । त्यसका लागि कोठाको ढोका बन्द राख्ने, संक्रमण फैलिने विषयमा जानकार भएको उमेरका मान्छेलाई मात्रै टाढैबाट भेट्ने, आफुले खाना खाएको भाँडा आँफै सफा गर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने गर्नुहोस् ।

आफुले प्रयोग गरेको मास्क, सेनिटाइजर जस्ता स्वास्थ्य सामाग्रीलाई छुन अरुलाई नदिनुहोस् । घरबाहिरको खानेकुरा भन्दा घर मै बनाइएको पौष्टिक खानेकुरा खाने गर्नुहोस् । कोरोना संक्रमणको अवस्थामा शरीरका लागि भिटामिन सी र जिंक अति आवश्यक हुने हूँदा कागती, केरा, सुन्तला जस्ता खानेकुरा खानुहोस् । कोरोनाको संक्रमणले श्वासप्रश्वासमा असर गर्ने हुँदा नियमित बाफ लिने गर्नुहोस् । नियमित ज्वरो परीक्षण गर्ने, पल्स लेभल परीक्षण गर्ने जस्ता काम गर्नुहोस् । कोरोनामुक्त भएपछि आफूले प्रयोग गरेको स्थानलाई सेनिटाइज गर्ने, कपडाहरु सफा गर्ने र नियमित स्वास्थ्य सावधानी अपनाउने गर्नुहोस् । भाइरसको फैलावट पहिलो लहर भन्दा यसपटक निकै तिब्र देखिएको छ । भारतका कतिपय राज्यमा पहिलो भन्दा दोस्रो लहर सात गुणा बढि देखिएको खबर आइरहँदा र सोही प्रकारको लक्षण नेपालमा समेत देखिँरहँदा संक्रमण फैलाउन तपाइ हामी पनि जिम्मेवार हुन्छौ भन्ने कुरालाई भुल्नु हुँदैन । स्वास्थ्य सावधानी अपनाउँदै कोरोना विरुद्धको लडाइमा व्यक्ति आँफै जिम्मेवार हुन जरुरी छ ।

 

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.