Nepal Times
Nepal Times
3
Shares

कोरोना संक्रमितको उपचारमा गम्भिर बन्न प्रदेश सरकारलाइ आग्रह

कोरोना संक्रमितको उपचारमा गम्भिर बन्न प्रदेश सरकारलाइ आग्रह

१५ बैशाख , बुटवल । नेपाली काँग्रेसको लुम्बिनी प्रदेश प्रदेशसभा संसदीय दलले कोभिड–१९ नियन्त्रण र संक्रमितको उपचारमा गम्भिर हुन प्रदेश सरकारलाइ आग्रह गरेको छ।

नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता बिरेन्द्रकुमार कनौडियाले कोरोना नियन्त्रणकालागि नाकामा कडाइ गर्न र संक्रमितको उपचारकालागि प्रयाप्त जनशक्ति,उपकरणको व्यवस्थापन गर्न मुख्यमन्त्री शंकर पोख्रेलको ध्यानाकर्षण गराएका हुन। मंगलबार विज्ञप्ती जारी गर्दै नेता कनौडीयाले कोरोना नियन्त्रण,संक्रमितको उपचार र अस्पताल व्यवस्थापनकालागि तत्काल प्रभावकारी उपाय अवलम्बन गर्न प्रदेश सरकारसंग माग गरेका हुन।

भारतबाट फकर्नेहरुको परीक्षण र तीनको भरपर्दो व्यवस्थापन नगरिदा संक्रमण समुदाय स्तरमा फैलीरहेको भन्दै उनले नाका क्षेत्रमा कडाइ गर्न माग गरेका छन ।

जोखीम क्षेत्रबाट आएकाहरुलाइ क्वारेन्टाइनमा राख्ने र अनिर्बाय स्वाव परीक्षण गर्नु पर्ने माग कनौडीयाले गरेका छन । त्यस्तै संक्रमितको उपचारकालागि अस्पतालहरुमा प्रयाप्त बेड,अक्सिजन,स्वास्थ्य उपकरण,जनशक्तिको व्यवस्थापन गर्न माग गरेका छन ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.