Nepal Times
Nepal Times
3
Shares

कोरोना संक्रमित मृतककाे पहिलाेपटक जलाएर गरियाे दाहसंस्कार

कोरोना संक्रमित मृतककाे पहिलाेपटक जलाएर गरियाे दाहसंस्कार

सर्लाही : सर्लाहीमा कोरोना भाइरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बरहथवा नगरपालिका–६, का ७६ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार राति नारायणी अस्पताल वीरगञ्जको कोभिड अस्थायी अस्पताल (बाबा आइसोलेसन)मा मृत्यु भएको हो ।

घरमै बिरामी परेर आइतबार वीरगञ्ज जानुभएका वृद्धको त्यसैदिन जीन एक्सपर्ट विधिबाट कोरोना परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको परिवारका सदस्यलाई उद्वृत गर्दै बरहथवा नगरपालिका ६ का वडाध्यक्ष मोहम्मद अफताब आलमले जानकारी दिनुभयो ।

वृद्ध मधुमेह, उच्च रक्तचाप, मुटु र मृगौलाको बिरामी समेत हुनुहुन्थ्यो । मृतकको शव मङ्गलवार दिउँसो जिल्लामा ल्याएर पूर्व–पश्चिम राजमार्गस्थित बाग्मती पुल दक्षिणपट्टीकिो घाटमा जलाएर अन्त्येष्टि गरिएको छ । सरकारले बनाएको प्रोटोकल अनुसार सर्लाहीमा पहिलो पटक यसरी कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको मृतककै धर्मअनुसार जलाएर दाहसंस्कार गरिएको हो ।

मृतकका परिवारका सदस्य र मलामी आएका व्यक्तिहरुलाई परै राखी नेपाली सेनाको रणशेर गण पाँचकुमारी ब्यारेकबाट खटिएको शव व्यवस्थापन टोलीले सलामी अर्पण गरी शव जलाएको हो ।, यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.