Nepal Times
Nepal Times
3
Shares

कोहलपुरमा एक अर्ब बढीको सरकारी जग्गा हिनामिना

कोहलपुरमा एक अर्ब बढीको सरकारी जग्गा हिनामिना

बाँके : बाँकेको कोहलपुरमा एक अर्ब भन्दाबढी मुल्य पर्ने सरकारी जग्गाको लालपुर्जा अवैध रुपले वितरण गरिएको तथ्य बाहिर आएको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर ४ मा रहेको करिव ६ विघा सरकारी जग्गाको लालपुर्जा अवैध रुपले वितरण गरिएको हो । २०६९ सालमा तत्कालिन सुकुम्वासी समस्या समाधान आयोग बाँकेले ४१ जना ‘नक्कली’ सुकुम्वासी खडा गरेर कित्ता नम्बर ६६, ६७, ६८, ६९ को अबैध रुपले लालपुर्जा वितरण गरेको देखिन्छ ।

पुर्वपश्चिम राजमार्गबाट दक्षिणमा होटल सेन्टर प्लाजा, उत्तरमा किरण खोला, पश्चिममा वडा नम्बर ४ को कार्यालय र पुर्वमा खाली रहेको उक्त जमिन ६ विघा भन्दा बढी छ ।

भुमी सुधार तथा मालपोत कार्यालय बाँकेले कोहलपुर नगरपालिका वडा नम्बर ४ कार्यालयलाई पत्र लेखेर ४१ जनाको नाममा रहेको उक्त जग्गाको मालपोत रकम असुली गर्न भनि पत्र लेखेपछि वास्तविक बाहिर आएको हो ।

मालपोत कार्यालयका अनुसार तत्कालिन सुकुम्वासी समस्या समाधान आयोगका अध्यक्ष सन्तोष बस्नेतले नक्कली सुकुम्वासी खडा गरी नक्कली लालपुर्जा वितरण गरेर उक्त जग्गाको श्रेस्ता अबैध बाटोबाट मालपोत कार्यालयलाई बुझाएका थिए । कर्मचारीको मिलेमतोमा कार्यालयले श्रेस्ता बुझेपनि जग्गाको उक्त श्रेस्ता भने कार्यान्वयनमा ल्याएको थिएन ।, यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.