Nepal Times
Nepal Times
3
Shares

क्यालिफोर्नियामा हेलिकप्टर दुर्घटना : चार जनाको मृत्यु

क्यालिफोर्नियामा हेलिकप्टर दुर्घटना : चार जनाको मृत्यु

१८ साउन, काठमाडौं।
अमेरिकाको क्यालिफोर्नियामा हेलिकप्टर दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ ।स्थानीय समयअनुसार आइतबार अपरान्ह करिब एक बजे क्यालिफोर्नियाको कोलुसा काउन्टीमा उक्त दुर्घटना भएको बताइएको छ ।

अमेरिकाको सङ्घीय उड्डयन प्रशासनका अनुसार आर ६६ हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टरमा सबार चारैजनाको मृत्यु भएको कोलुसा शेरिफ विभागले पुष्टि गरेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अमेरिकी यातायात सुरक्षा परिषद्ले बिहान एक ट्वीट गर्दै उल्लेख गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.