Nepal Times
Nepal Times
3
Shares

क्रिकेटको योजना बनाउन समिति गठन

क्रिकेटको योजना बनाउन समिति गठन

७ कात्तिक, काठमाडौँ ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेटको भावी कार्ययोजना बनाउन विभिन्न समितिहरु गठन गरेको छ ।

क्यान केन्द्रिय कार्य समितिको आइतबार काठमाडौंको मूलपानीस्थित केन्द्रिय कार्यालयमा बसेको बैठकले क्यानको भावी योजनाहरु तय गर्न प्रतियोगिता समिति, प्राविधिक समिति, मिडिया समिति र आर्थिक समिति पनि गठन गरेको हो ।

प्राविधिक समितिमा सञ्जयराज सिंह, आर्थिक समितिमा रोशनबहादुर सिंह, प्रतियोगिता समितिमा प्रशान्त मल्ल र संचार समितिमा अशोकनाथ प्याकुरेललाई संयोजक तोकिएको छ । क्यानमा भावी योजना तय गर्न ती समितिहरुलाई जिम्मेवारी पनि दिइएको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।

बैठकले कप्तान पारस खड्काले दिएको राजीनामाको विषयमा भने कुनै निर्णय गरेको छैन ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.