Nepal Times
Nepal Times
3
Shares

क्रिकेट टिमका २७ खेलाडी टियुको क्रिकेट मैदानमा ब्यस्त

क्रिकेट टिमका २७ खेलाडी टियुको क्रिकेट मैदानमा ब्यस्त

१२ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले दोस्रो दिनमा पनि प्रशिक्षण जारी राखेको छ । कोरोना भाइरसका कारण लामो समयदेखि रोकिएको राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षण शुक्रबार पनि जारी रह्यो ।

टियुको क्रिकेट मैदानमा भइरहेको बन्द प्रशिक्षणमा २७ जना खेलाडीहरुलाई बोलाइएको छ । कप्तान ज्ञानेन्द्र मल्ल, उपप्तान दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र बसन्त रेग्मीलाई कोरोना पोजेटिभ देखिएकाले उनीहरु मैदान उत्रिएका छैनन् ।

थप ६ खेलाडी कन्ट्याक ट्रेसिङमा परेका कारण आइसोलेसनमा बसेका छन् ।  दोस्रो दिनको प्रशिक्षणमा रित तौतम पनि छन् ।

अन्य खेलाडीहरु मैदान फर्किन केही दिन समय लाग्ने देखिएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका ९ महिनापछि राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु भएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.