×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

खानी उत्खनन नगर्ने २० कम्पनीको प्रमाणपत्र रद्द

२ बैशाख २०७५

काठमाडौँ, २ वैशाख ः खानी तथा भूगर्भ विभागले समयमा खानीको उत्खनन र खोजतलास नगर्ने २० कम्पनीको प्रमाणपत्र रद्द गरेको छ ।

विभागले चालू आर्थिक वर्षमा खनिज खोजतलास कार्यका लागि अनुमतिपत्र लिए पनि समयमा खोजतलास नगरेपछि अनुमतिपत्र रद्द गरेको हो । विभागका सूचना अधिकारी कृष्णदेव झाले चालू आवमा ३३१ कम्पनी तथा संस्थालाई खनिज खोजतलास कार्यका लागि अनुमति तथा नवीकरण गरेको बताए ।

जसमा खानी खोजतलासको प्रमाणपत्र प्रदान ९५, खानी खोजतलास प्रमाणपत्र नवीकरण १६८, खानी उत्खनन प्रमाणपत्र प्रदान १२ र खानी उत्खनन प्रमाणपत्र नवीकरण ७६ कम्पनी रहेका छन् ।

यस्तै विभागले चालू वर्षमा खानीका नयाँ इजाजतपत्र प्रदान, नवीकरण, खनिज पदार्थको निकासी, मासिक खनिज उत्खनन तथा नक्सा बिक्रीबापत रु ९३ करोड ५५ लाख ६१ हजार ७६८ राजश्व संकलनसमेत गरेको छ ।

नामटार चुनढुंगा मकवानपुरको विस्तृत अध्ययन सम्पन्न, फलामखानी मकवानपुरको अन्वेषण कार्य सम्पन्न, ड्रिलिङ चुनढुंगा धादिङको ड्रिलङ कार्य भइरहेको, ५० सञ्चालित खानीको अनुगमन भइरहेको, खनिजअन्तर्गत १५ खनिजमा आधारित उद्योग प्रवद्र्धन कार्य भइरहेको विभागले जनाएको छ ।

यसैगरी, प्राकृतिक ग्याँस अन्वेषण गर्न बोलपत्र स्वीकृतिको आशयको सूचना प्रकाशन, धौवादी फलाम खानीको मापन कार्य भइरहेको, महादेवस्थान चुनढुंगा च्यानल नमूना छनोट भइरहेको छ ।
रासस

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top