Nepal Times
Nepal Times
3
Shares

खेल मैदानबाटै ठेकेदारले गरे बालुवा उत्खनन

खेल मैदानबाटै ठेकेदारले गरे बालुवा उत्खनन

१९ चैत, काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिकाले निर्माण गर्न लागेको खेल मैदानमा ठेकेदार कम्पनीले मापदण्ड विपरित बालुवा उत्खनन गरिरहेको पाइएको छ ।

चाँगुनारायण नगरपालिका वडा नम्बर ४ मा निर्माण हुन लागेको खेल मैदानमा ठेकेदार कम्पनी आगन्जा कन्स्ट्रक्सन प्रालिले मापदण्ड विपरित बालुवा उत्खनन गरेको हो ।

ठेकेदार कम्पनीले नगरपालिकासँग भएको सम्झौता वितरित जमिनको लेबलभन्दा करिब २५/३० फिट तल गएर बालुवा उत्खनन गरेको हो ।

करिब ९३ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको खेल मैदान २०७९ जेठ मसान्तसम्ममा निर्माण सम्पन्न गर्नेगरी २०७७ असार १७ गते आगन्जासँग सम्झौता भएको थियो ।

सो सम्झौता अनुसार ठेकेदार कम्पनीले जमिनको लेबलसम्म सम्याउने र त्यस क्रममा निस्किने माटो, बालुवा तथा अन्य निर्माण जन्य सामाग्रीको उत्खनन् र बिक्रिवितरण गर्न पाउने गरी ८ करोड ६४ लाख रुपैयाँमा जिम्मा पाएको थियो ।

तर, नगरपालिकासँग भएको सम्झौता विपरित ठेकेदार कम्पनीले बालुवा उत्खनन् गरिरहेको स्थानीयले बताएका छन् ।

स्थानीयहरुले विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर र सो वरिपरि रहेका बस्ती समेत जोखिममा पर्ने गरी सरकारी सम्पत्तीको चोरी निकासी भइरेको आरोप लगाएका छन् ।

चाँगुनारायण नगरपालिकाले पनि ठेक्दार कम्पनी आगन्जाले यसअघि पनि बारम्बार मापदण्ड विपरित बालुवा उत्खनन् गरि बिक्री वितरण गर्दै आएको स्वीकार गरेको छ ।

नगरपालिकाका सूचना प्रविधि अधिकृत एवं सूचना अधिकारी सिद्धान्त न्यौपानेले एक महिना अघि पनि जिल्ला प्रसासन कार्यलय, भक्तपुर मार्फत उक्त कार्य रोक्न निर्देशन दिएको बताए ।

उनले सम्झौता भन्दा बाहेक गरिएका कार्य गैरकानूनी भएको भन्दै उक्त कार्य तत्काल रोक लगाउने समेत बताए ।

बिहीबार बिहान पनि ठेकेदार कम्पनीले करिब १० ठाउँमा जमिन भन्दा २५/३० फिट मुनी गएर बालुवा उत्खनन् गरिरहेको थियो । तर स्थानीयको कडा विरोध पछि तत्काल ती स्थानमा डोजर लगाएर सम्याउने काम भएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.